मन्त्रालयका प्रमुख कार्यक्षेत्र तथा जिम्मेवारीहरु
- खेलकूद सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड निर्धारण, कार्यान्वयन र नियमन, खेलकूद तथा खेलकूद पूर्वाधारको विकास र प्रवर्द्धन,
- खेलकूद प्रशासन र संघ संस्थाको समन्वय र नियमन,
- राष्ट्रिय र प्रादेशिक खेलकूद प्रतियोगिता तथा कार्यक्रम आयोजना र सहभागिता,
- युवा सम्बन्धी प्रादेशिक नीति, कानून तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, युवा प्रोत्साहन,
- महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- लैङ्गिक हिंसा, मानव वेचविखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा कार्यान्वयन,
- महिला अधिकार सम्बन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना,
- महिला सशक्तिकरण तथा लैङ्गिक समानता सम्वन्धी अध्ययन, अनुसन्धान,
- बाल बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति. कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान र नियमन,
- बाल अधिकार सम्बन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना,
- बालमैत्री शासकीय प्रवन्ध, सेवा प्रवाह, बाल उद्धार कोषप व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना,
- जेष्ठ नागरिकको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान र नियमन,
- जेष्ठ नागरिक सम्बन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणात्मक उपाय र पुनर्स्थापना,
- अपाङ्गता भएका नागरिकको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान र नियमन,
- अपाङ्गता भएका नागरिक सम्बन्धी नेपालको संविधानमा भएका व्यवस्था, अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिवद्धताको कार्यान्वयन, संरक्षणात्मक उपाय र पुनर्स्थापना,
- लैंगिक तथा यौनिक अल्पसंख्यक नागरिकको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन, अध्ययन, अनुसन्धान र नियमन,
- प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र अशक्त, बालवालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन,
- प्रदेशभित्रका गैरसरकारी संघ, संस्थाहरुको अभिलेख व्यवस्थापन र समन्वय,
- समाज कल्याण र संघ संस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन,
- सामाजिक सुरक्षा र संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन,
- समाज कल्याणका लागि धार्मिक तथा साँस्कृतिक समन्वय, सहयोग तथा सम्पदा व्यवस्थापन,